पर्यावरणको मुद्दामा उपनिवेशवादी सोच हावी छयही १४–२६ मंसिरमा यूएईको दुबईमा हुन लागेको कोप–२८ को पूर्वसंध्यामा छौँ हामी। विश्व सन् २०१५मा भएको पेरिस सम्झौता कार्यान्वयनको चरणमा छ। पर्यावरणीय समस्या मध्येको एक जलवायु परिवर्तन अहिलेको विश्वको साझा समस्या हो। तर, हामीले बुझ्नु पर्ने मूल विषय के हो भने पर्यावरणमा देखा परेको समस्या हामीले निम्त्याएको होइन। नेपाल जस्ता अल्पविकसित मुलुकहरुले यो समस्या पहिलेदेखि नै भोग्दै आईरहेको भए पनि संयुक्त राष्ट्रसंघको महासन्धी सन् १९९३ बाट शुरु भई सन् १९९७ को क्योटो अभिसन्धी पारित भएपछि मात्र यस विषयले महत्व पाएको हो। तर, क्योटो अभिसन्धी सन् २००५ बाट मात्रै लागू भयो।Published :- 2 years agoView News Article