Me
Forest Officer (2nd class) Prameshwar Paswan
घाइते अवस्थामा उद्धार गरिएको बाघ मर्‍योपर्साको ठोरी गाउँपालिका– ५ सुवर्णपुरबाट घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटेबाघ मरेको छ । उद्धारपछि पर्सा राष्ट्रिय निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो । यही क्रममा सोमबार बिहान मृत्यु भएको हो । बाघलाई आइतबार राति निकुञ्जका कर्मचारीले खाना दिएका थिए । तर, सोमबार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । यसअघि समेत निकुञ्जको खोरमा रहेको तीनवटा पाटेबाघमध्ये एक बघिनीको मरेको थियो ।
Published :- 2 years agoView News Article