किसानको साथी सालकसंसारभर चोरी शिकारीबाट अति संकटापन्न (क्रिटिकल्लि इन्डेन्जर्ड) भएको वन्यजन्तु हो–सालक। यो प्याङ्गोलिनको नामबाट चिनिन्छ।
एसिया र अफ्रिकामा सालका ८ प्रजाति अस्तित्वमा छन्। तर, प्रत्येक दिन संसारभर ३०० वटा सालक मारिने अनुमान छ। नेपालमा कालो खबटा भएको चाइनिज प्याङ्गोलिन र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन पाइन्छ। तिमध्ये चाइनिज प्याङ्गोलिन विश्वकै अति संकटापन्न सूचीमा पर्छ। नेपालमा पाइने स्तनधारीमध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रुपमै अति संकटापन्न वन्यजन्तु हो।
विश्वमै सालक प्रजातिहरु गम्भिर जोखिममा परेकाले संसारभर फेब्रुअरी महिनाको तेस्रो शनिबार सालक दिवस मनाइन्छ, अर्थात् आज ४ फागुन।Published :- 2 years agoView News Article