मह : ग्रामीण समृद्धिको आधारमानव इतिहासकै सबैभन्दा पुरानो मिठासयुक्त खाद्य पदार्थमध्ये एक हो– मह । परिस्कृत चिनी भान्सामा भित्रिनु धेरै अघिदेखि नै मानिसहरू मिठास र ऊर्जा पाउन महमै भर पर्थे । तर, मह चिनी घोलिएको पानी होइन । मौरीले फूलबाट रस संकलन गर्छन् र त्यसलाई आफ्नै एन्जाइमको मद्दतले, पानीको मात्रा घटाउँदै, घारभित्र भण्डारण गर्ने प्रक्रियामार्फत महमा रूपान्तरण गर्छन् । अन्त्यमा बन्ने महमा चिनी मात्रै हुँदैन । त्यसमा थोरै खनिज, भिटामिन, एन्जाइम र फूल–बोटबिरुवाबाट आएका अन्य उपयोगी तत्त्व पनि हुन्छन् । त्यसैले मह साधारण मिठासभन्दा फरक र खास मानिन्छ ।Published :- 2 months agoView News Article