Me
Forest Officer (2nd class) Prameshwar Paswan
नेपालमा १८५ वर्षपछि सानो ओत (Aonyx cinereus) अस्तित्वमा रहेको पुष्टिनेपालमा सानो ओत सन् १८३९ यता लामो समयावधी सम्म देखानपर्नु र अस्तित्वको कुनै ठोस प्रमाण नभएको कारणले यस प्रजातिलाई देशबाट लोप भइसकेको आशंका गरेको थियो। हामीले १८५ वर्षपछि पहिलो पटक नेपालमा सानो ओत फेला परेको फोटो सहित प्रमाण प्रस्तुत गरेका छौ। सन् २०२४, नोभेम्बर महिना, सुदुरपश्चि नेपालको डडेलधुरा जिल्लाको रंगुन खोला र पुन्तरा खोलाको संगममा एउटा सानो ओतको छाउरा भेटिएको थियो। एक हप्तासम्म पालनपोषण पश्चात छाउरा सानो ओतलाई पुनःबासस्थानमा स्थान्तरण गरियको थियो । छाउरा सानो ओत भेटिनु उक्त स्थानमा अन्य ओतहरु पनि भएको जनाउँदछ। सानो ओतको यस महत्वपुर्ण अभिलेखसंगै विस्तृत अध्ययन र संरक्षणका पहलहरुको आवश्यकता छ।
Published :- 1 year agoView News Article