लाटोकोसेरो संरक्षणका लागि कास्की र स्याङ्जामा गुँड बनाइँदैगण्डकी- लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यका साथ कास्की र स्याङ्जामा एक सयवटा गुँड बनाइने भएका छन् ।
प्रकृतिका साथीहरू संस्थाको सक्रियतामा स्याङ्जामा १० र कास्कीमा ९० वटा गुँड बनाउन लागिएको निर्देशक राजु आचार्यले जानकारी दिए । 'विगतमा पोखरा र आसपासका क्षेत्रमा रहेका पुराना घरहरूमा लाटोकोसेरोका गुँडहरू पाइन्थे तर हाल बासस्थानको समस्या परेको छ,' उनले भने, 'बासस्थानलाई सहज बनाउने उद्देश्यका साथ लाटोकोसेरोहरू रहेका स्थान पहिचान गरी गुँड बनाउने तयारी गरेका हौँ ।'Published :- 2 years agoView News Article