सोलुखुम्बुमा हिमताल फुटेको आशङ्का, थामे क्षेत्रमा त्रासलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेको आशङ्का गरिएको छ ।
हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का समेत गरिएको छ । सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो । सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको छ ।Published :- 2 years agoView News Article