उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?हिमाली क्षेत्रमा मात्र पाइने हिउँचितुवा पहिलो पटक तराईमा फेला परेपछि यसको संरक्षणमा लागेका विज्ञहरू अध्ययनमा जुटेका छन् । मोरङको उर्लाबारी–१ चारघरेको बाँस झ्याङको एक किसानको तोरीबारीमा मङ्गलवार हिउँचितुवा फेला परेपछि विज्ञहरू यस दुर्लभ घटनाको अध्ययन-अनुसन्धान कार्यमा जुटेका हुन् । उच्च हिमाली भेगमा पाइने हिउँचितुवा तराई क्षेत्रमा भेटिनु विश्वकै लागि नयाँ र दुर्लभ घटना भएकाले यसलाई नयाँ शिराबाट गम्भीरताका साथ अध्ययन अनुसन्धान गर्नुपर्ने निष्कर्ष सहित विज्ञहरू एकजुट हुँदै गरेको पाइएको छ । यस घटनाले वन, वातावरण तथा जैविक विविधता संरक्षणकर्मी, वन्यजन्तु विज्ञदेखि स्थानीय जनता हुँदै यस क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी संस्थाहरूमा नयाँ तरङ्ग पैदा गरेको छ भने विश्वको ध्यान नेपालतर्फ खिचेको छ ।Published :- 2 years agoView News Article