गुच्चाको बन्दुक आविष्कार : गोली लागेपछि भाग्न थाले बाँदर१६ जेठ । कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।
“रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,” गुरुङले भने, “घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छ्रैनन् ।” लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवं बालबालिकालाई आक्रमण गर्न थागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उनले बताएका छन् ।Published :- 1 year agoView News Article