पर्सा निकुञ्जको उपचार केन्द्रमै मरे ३ बाघ, जंगलमा ४ मृत फेलाविगत ६ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा राखिएका तीन वटा पाटे बाघ मरेका छन्। योसँगै यस क्षेत्रमा ६ महिनाको अन्तरालमा मर्ने र मारिने बाघको सङ्ख्या ७ पुगेको छ।
विभिन्न स्थानहरूबाट उद्धार गरेर ल्याइएका भाले र पोथी गरी तीन वटा बाघहरू उपचारकै क्रममा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ। यो बाहेक निकुञ्ज आसपासका वनमा डेढ महिनामा ४ वटा बाघ मृत अवस्थामा फेला परेका थिए।Published :- 2 years agoView News Article