यस्तै हुन्छ चराको गुँड भत्काएर विमानस्थल बनाएपछि…काठमाडौं – आइतबार विहान पोखरा क्षेत्रको मौसम राम्रै थियो । वायु सेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण राम्ररी नै हुने सोचे, र जहाज उडाए काठमाडौंबाट । तर, चराको बथानै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि यती एयरलाइन्सको काठमाडौं–पोखरा रूटको ६७३ जहाज अवतरण गर्न नसकी १ घण्टापछि काठमाडौं फर्कियो । यसै रूटको ६९० जहाज पनि चराको गतिविधि बढेसँगै ‘डिले’ भयो । बुद्ध एयरका उडानहरू समेत प्रभावित भए । चराले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कब्जा नै गरे भन्दा पनि फरक पर्दैन ।Published :- 2 years agoView News Article