Me
Forest Officer (2nd class) Prameshwar Paswan
वनमा डढेलो, बहुमुल्य जडिबुटी नष्टताप्लेजुङ, फागुन २७ गते । केही दिनयता ताप्लेजुङका वनहरुमा डढेलो लागेको छ । सुख्खा मौसमसँगै जिल्लाका विभिन्न क्षेत्रमा रहेका सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलो लागेको हो । यहाँको पाथीभरा याङ्वरक –१ नाङ्खोल्याङ र वडा २ थेचम्बुको वनमा आइतबार आगलागी भएको छ । स्थानीयका अनुसार नाङ्खोल्याङस्थित त्रिबेणी सामुदायिक वन, सल्लेरी सामुदायिक वन र सँगै रहेको राष्ट्रिय वनमा आइतबार बिहानदेखि डढेलो (आगलागी) सुरु भएको हो । डढेलो वनभरी फैलिएको स्थानीय सीता राईले जानकारी दिनुभयो ।
Published :- 2 years agoView News Article