Me
Forest Officer (2nd class) Prameshwar Paswan
लुम्बिनीका पर्यटकीय क्षेत्रलाईलाई ब्राण्डिङ् गर्न लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलनलुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुलाई ब्राण्डिङ् गर्न लुम्बिनीमा लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा यहि फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको हो । लुम्बिनी प्रदेश सभाबाट स्वीकृत भएको यो कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल सरकार मन्त्री परिषदबाट पनि स्वीकृती प्राप्त गरी बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको हो । सम्मेलनको सचिवालयमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सम्मेलनका निर्देशक डिल्लीबहादुर चौधरीले मलतः लुम्बिनीलाई ब्राण्डिङ गर्न यो सम्मेलन गर्न लागिएको बताउनु भयो ।
Published :- 2 years agoView News Article